अत्तरियामा व्यवसायीमाथी गोली प्रहार : दोसीलाई पक्राउ नगरेको भन्दै प्रर्दशन

अत्तरियामा व्यवसायीमाथी गोली प्रहार :  दोसीलाई पक्राउ नगरेको भन्दै प्रर्दशन

धनगढी। कैलालीको अत्तरियामा व्यवसायीमाथी गोली प्रहार गरेका दोसीलाई पक्राउ नगरेको भन्दै प्रर्दशन गरिएको छ । शुक्रबार अत्तरिया उद्योग वाणिज्य संघको अगुवाईमा व्यापारीहरुले टाउको र हातमा कालो पट्टि बाँधेर गोलिकाण्डको विरोध गरेका हुन । पुस ३ गते आइतबार गोदावरी नगरपालिका–२ मा सशस्त्र प्रहरी बल मुख्यालय अगाडि सुखड र अत्तरियामा सुनचाँदी व्यवसाय गर्दै आएका विकास सुनारमाथि गोली प्रहार भएको थियो।

घटना भएको पाँचदिन बितिसक्दा पनि प्रहरीले अझैसम्म पक्राउ नगरेको र आश्वासनसम्म नपाएको प्रदर्शनकारीले बताएका छन् । अत्तरिया उद्योग वाणिज्य संघको कार्यालय, इलाका प्रहरी कार्यालय मालाखेतीको कार्यालय घेराउ गर्दै कोणसभाको आयोजना गरिएकोे थियो। यस्तै व्यापारीहरुले अत्तरिया चोकसहित बजार क्षेत्रमा पनी प्रर्दशन गरेका थिए।

गोलि लागेर घाईते भएका सुनचाँदी व्यापारी विकास सुनारको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन दवाव स्वरुप विरोध प्रर्दशन गरिएको संघका अध्यक्ष अशोकराज देवकोटाले बताएका छन्।उनले घटनाको लगभग एक हप्ता बित्नै लाग्दा समेत अपराधीको बारेमा पत्ता नलाग्नु दुखद भएको उनले बताएका छन्।व्यापारीहरुले शान्तिु सु ब्यवस्था कायम गर, ब्यवसायीलाई सुरक्षको प्रत्याभुति गर, गोलिकाण्डका अपराधीलाई पक्राउ गरि सार्वजनिक गर, घाईतेको यथासिघ्र उपचार गर भन्दै बिरोध प्रर्दशन गरेका थिए ।