तेक्वान्दो संघ विघटन गर्ने राखेपको निर्णयप्रति सुदूरपश्चिम कमिटीको भर्त्सना

तेक्वान्दो संघ विघटन गर्ने राखेपको निर्णयप्रति सुदूरपश्चिम कमिटीको भर्त्सना

धनगढी । सरकारले नेपाल तेक्वान्दो संघलाई विघटन गरि तदर्थ समिति गठन गरेको निर्णयप्रति सुदूरपश्चिम प्रदेश कमिटीले विरोध जनाएको छ ।

नेपाल तेक्वान्दो संघ सुदूरपश्चिम प्रदेश कमिटिले शुक्रबार प्रदेश खेलकुद समितिलाई ज्ञापनपत्र बुझाई विरोध जनाएको हो । 

कमिटी सदस्यहरुले उक्त कदमको विरुद्ध विज्ञप्ति समेत जारी गरेका छन् । उपाध्यक्ष निराजन खडकाले जारी गरेको विज्ञप्तिमा सरकारको निर्णय प्रति भत्र्सना व्यक्त गरिएको छ । 

‘वर्तमान खेलकूद मन्त्रीको एकल निर्णय तथा राष्ट्रिय खेलकूद परिषदको ठाडो हस्तक्षेपमा नेपाल तेक्वान्दो संघलाई विघटन गरि नयाँ महासंघ स्थापना गरेको निर्णय प्रति सुदुरपश्चिम तेक्वान्दो संघ घोर भत्सर्ना गर्दछ’ उपाध्यक्ष खडकाद्धारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल तेक्वान्दो संघको बिरोधका कार्यक्रमलाई ऐक्यवद्धता जनाउँदै राष्ट्रिय खेलकूद परिषदको यो गैर जिम्मेवार र अवैधानिक कार्यको भत्सर्ना गर्दै तेक्वान्दो खेल, खेलाडी र प्रशिक्षकको भविष्यमाथि खेलवाद गर्ने राष्ट्रिय खेलकूद परिषद विरुद्ध विरोधमा एकजुट हुन आग्रह गर्दछौं ।’

देशको कानुन, नियम र अन्तराष्ट्रिय मूल्य मान्यता अनुसार स्थापित एक स्वायत्त संस्था रहेको उनले बताए । उनले भने ‘यस संघले अन्तराष्ट्रिय क्षेत्रबाट देशका लागि सबैभन्दा अत्यधिक पदक हासिल गरि नेपाल र नेपालीहरुको इज्जत र सम्मानलाई उच्च बनाएको छ ।’