एलाइन्सका विद्यार्थीद्धारा जिल्ला प्रहरी कार्यालय अवलोकन तथा अर्न्तक्रिया

एलाइन्सका विद्यार्थीद्धारा जिल्ला प्रहरी कार्यालय अवलोकन तथा अर्न्तक्रिया

धनगढी । एलाइन्स इन्टरनेशनल मोडेल विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको अवलोकन तथा अर्न्तक्रिया कार्यक्रम गरिएको छ ।

शुक्रबार ‘सामाजिक रुपान्तरणका लागि विद्यार्थी तथा प्रहरी साथ–साथ’ भन्ने अभिप्रायले विद्यार्थीहरुलाई प्रहरी कार्यालयको अवलोकन तथा अर्न्तक्रिया कार्यक्रम गरिएको हो ।

विद्यार्थीलाई सामाजिक रुपले अतिरिक्त ज्ञानको अध्ययन होस र अतिरिक्त क्षमता बिकास होस भन्ने हेतुले बिद्यालयले हरेक शुक्रवार विभिन्न किसिमका अतिरिक्त शैक्षिक क्रियाकलाप, अवलोकन, अर्न्तक्रिया लगायतका कार्यक्रमहरु गर्ने गरेको विद्यालयले जनाएको छ ।

विद्यार्थीको लागि सैद्धान्तिक ज्ञान सङ्गै ब्यवहारिक र सामाजिक जीवन उपयोगी ज्ञान अति आवश्यक मानिने भएकोले अत्तिरिक्त गतिविधि अघि बढाउने गरेको विद्यालयले जनाएको छ । शुक्रबार अपराध अनुसन्धान, सामाजिक सुरक्षा तथा बिपत ब्यवस्थापनमा सुरक्षा निकायको भुमिका सङ्गै प्रहरी प्रशासनिक सम्बन्धि विभिन्न सुरक्षात्मक क्रियाकलापको बिषयमा विद्यार्थीले ज्ञान प्राप्त गरेका थिए ।