तराईमा हुस्सु, पहाडी क्षेत्रमा बदली र हिमालमा हिमपात

तराईमा हुस्सु, पहाडी क्षेत्रमा बदली र हिमालमा हिमपात

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बिहान तराई क्षेत्रमा हुस्सु लागेको छ भने पहाडी क्षेत्रमा बदली छ। दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र गण्डकीका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। राति पहाडी भू-भागमा आंशिक बदली हुने र प्रदेश १ का हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन महाशाखाले गरेको छ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ। प्रदेश १ को हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।