बझाङमा झोलुङ्गे पुलका सामान बोकेको ट्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गयो

बझाङमा झोलुङ्गे पुलका सामान बोकेको ट्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गयो

बझाङको छविस पाथिभेरा गाउपालिका-५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सोमबार साँझ साढे ७ बजेको समयमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा  छबिसपाथिभेरा-५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन्।

झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको उक्त ट्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

ट्याक्टरमा रहेका अर्का एक जना सकुसल रहेको पनि प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।