कैलालीको चौमालामा भारतीय नम्बरको कार दुर्घटना, चार जना घाइते

कैलालीको चौमालामा भारतीय नम्बरको कार दुर्घटना, चार जना घाइते

धनगढीः कैलालीको चौमालामा भारतीय नम्बरको कार दुर्घटना भएको छ। 

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर वडा नम्बर १ चौमालामा भारतीय नम्बरको कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते भएका छन्। चौमाला स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम आउदै गरेको यूके ०४ एए ८५१० नम्बरको कार आफै अनियन्त्रित भएको प्रहरीले बताएको छ।

भारत हलवदानिका कार चालक ३२ वर्षीय संजय मेहरा, सोही ठाउँका ३३ वर्षीय पारश आर्या, ३२ वर्षीय भुपेश धपडी र ३० वर्षीय चेतन जिना घाइते भएका कैलाली प्रहरीले बताएको छ। उनीहरुको बडिमालिका पोलिक्लिनकमा उपचार हुँदैछ।