राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले मंगलबार संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्। 

सरकारको सिफारिस अनुसार संसदको बैठक पुस २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।सोमबार बेलुकी बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले संसद अधिवेशन पुस २५ मा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

संविधानमा संसदको अधिवेशन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ।