खप्तड–शैलेश्वरी प्रतियोगिताको उपाधि पद्म पब्लिकलाई

खप्तड–शैलेश्वरी प्रतियोगिताको उपाधि पद्म पब्लिकलाई

गणेश मौनी / डोटी । खप्तड–शैलेश्वरी अन्तर विद्यालय स्तरिय खेलकुद प्रतियोगिता २०७९ अन्र्तरगत फुटबल र कबड्डी प्रतियोगिताको उपाधि पद्म पब्लिक मुक्तिनारायण माद्यामिक विद्यालयले हात पारेको छ ।

३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा डोटी जिल्ला सिलगढी स्थित श्री भैरब प्रसाद गण र जिल्ला स्तरिय वाल संजाल डोटीको संयुक्त आयोजनामा पुस ९ गते देखि सिलगढी स्थित टुडीखेलमा संचालन भएको प्रतियोगितामा फुटबलमा सुजंग बोर्डिङ र कबड्डीमा पबित्र बोर्डिङलाई पराजित गर्दै उपाधि हात पारेको छ । 

मंगलबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पदम पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालयले फुटबलमा सुजंग बोर्डिङ स्कुललाई १–० गोलले  पराजित गरेको छ भने त्यस्तै कबड्डी प्रतियोगितामा पवित्र बोर्डिङ स्कुललाई ६७ अंकले पछी पार्दै जित हासील गरेको थियो ।  पद्म पब्लिकले ७९ अंक प्राप्त गर्दा पवित्र बोर्डिङ स्कुलले १२ अंक प्राप्त गरेको थियो । 
 फूटबल र कबड्डी प्रतियोगितामा प्रथम हुने टिमले रू १५/१५ हजार नगद ट्रफी र प्रमाणपत्र पाएको छ भने द्वितिय हुने टिमले रू १०/१० हजारनगद सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेका छन् ।   

चित्रकला प्रतियोगितामा १० वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो जस मध्य श्री तेडि माद्यामिक विद्यालयका कक्षा ७ मा अध्ययनरत छात्र आशिक साउद प्रथम भएका छन् उनले ३ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए भने पद्म पब्लिक मुक्तिनारायण माद्यामिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्र डायमन्ड ओली द्वितीय भएका छन् उनले १ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका हुन् । 

त्यस्तै बेस्ट प्लेयर बन्न सफल फुटबल खेल तर्फ सुजुङ्ग ईंग्लिस बोर्डिङ्ग स्कुलका दिपेन्द्र भुल र कबड्डीतर्फ पद्म पब्लिक मुक्तिनारायण मा.वि.की दिपा बिष्ट लाई बेस्ट प्लेयर ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा फुटवलमा फेयर प्ले अवार्ड मोर्निङ्ग लाईट ईंग्लिस बोर्डिङ्ग स्कुल तथा कबड्डीमा पवित्र बोर्डिङ्ग स्कुलले प्राप्त गरेको छ । 

समापन कार्यक्रममा श्री नं ५ बाहिनी अड्डाका बाहिनि पति सहायक रथि दिपेस जंग शाह ,भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कि,जिल्ला स्थित सरकारी कार्यालय तथा गैरसरकारी संघ संस्थाका प्रमुख ,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।