धनगढीमा सुरु हुदैछ गुरु जी आर्केड लेडिज बुटिक सप

धनगढीमा सुरु हुदैछ गुरु जी आर्केड लेडिज बुटिक सप

धनगढी । कैलालीको धनगढी स्मार्ट ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै गुरु जी आर्केड लेडिज बुटिक सप शुरु गर्ने भएको छ । पुस १६ गते (भोली) धनगढी मेनरोड स्थित माछापुछ्रे बैंक भएको भवनमा सो सपको उद्घाटन हुनुने भएको छ।

नारी सौन्दर्यता क्षेत्रमा पनि नयाँ आयाम दिन सुदूरपश्चिम प्रदेशमै पहिलो पटक लेडिज फेशनका लागि विज्ञ डिजाइनरबाट डिजाईन गरी महिलाहरुको चिटिक्क सुहाउदो पहिरन दिने सो बुटिकको लक्ष्य रहेको छ । 
गुरु जी आर्केड लेडिज बुटिक सपका सञ्चालक सतिश जोशीले सुदूरपश्चिमका संस्कृति र परम्परालाई पनि जोडेर लेडिज फेशनका पहिरन सस्तो, सुलभ र २४ घण्टा भित्र उपलब्ध हुने गरी पसल सञ्चालनमा आउन लागेको बताए । बुटिकको शनिबार (भोली) दिउँसो २ बजे उधोग बाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुवँरले उद्घाटन गर्ने कार्यक्रम रहेको संचालक जोशीले जानकारी दिए  ।