माटोको ढिस्कोमा पुरिएर दार्चुलामा २ महिला घाइते

माटोको ढिस्कोमा पुरिएर दार्चुलामा २ महिला घाइते

दार्चुलाः माटोको ढिस्कोमा पुरिएर दार्चुलामा २ महिला घाइते भएका छन्।

जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीमा माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर वडा नम्बर ५ का ४० वर्षीय इश्वरी जोशी र माहाना जोशी घाइते भएका छन्।

इश्वरी जोशी गम्भीर घाइते छन्। उनलाई गोकुलेश्वर अस्पताल पठाइएको दार्चुला प्रहरीले बताएको छ।