नेपालमा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं: नेपालमा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
    
पछिल्लो २४ घण्टामा १६९ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा पाँचजनामा संक्रमण देखिएको हो । यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण गरिएन ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ । यो अवधिमा देशभर चारजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार ९५१ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।