सासदहरुद्वारा बाँकी अवधिमा जनताले राहत महसुश गर्ने गरी काम गर्न सरकारसित आग्रह

सासदहरुद्वारा  बाँकी अवधिमा जनताले राहत महसुश गर्ने गरी काम गर्न सरकारसित आग्रह

प्रदेश सभाको आजको बैठकको बिशेष समयमा बोल्दै सांसदहरुले चालू आर्थिक बर्षको बाँकी रहेको अवधिमा जनताले राहत महशुस गर्ने गरी काम गर्न आग्रश गर्नुभएको छ ।

आजको बैठका बिशेष समयमा बोल्दै प्रतिपक्षी राजपाका प्रदेश सांसद कृष्ण बहादुर चौधरीले आर्थिक बर्ष सकिन अढाई महिना बाँकी रहेकोले सो अवधिममा जनताले राहत पाएको अनुभुति गर्ने गरी प्रदेश सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले चैत महिनामा आएको असिनापानीका कारण टीकापुर क्षेत्रमा सयौं विघा जमिनमा लगाइएको किसानको केराखेतीमा क्षति पुगेका कारण उनीहरुलाई राहत दिन सरकारसित माग गर्नुभयो ।

आजको बैठकको बिशेष समयमा बोल्दै सत्तापक्ष नेकपाका प्रदेश सांसद पूर्णा जोशीले सुन्ने संस्कृति कमजोर भएकोले यसलाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।

उहाँले सरकार सेवा प्रदायक भएको र जनता सेवाग्राही भएकोले सेवाग्राही मुखी सेवाप्रदायक बन्न सरकारले नया बर्षको अवसरमा प्रण गर्नुपर्ने बताउनुभयो ।

बिशेष समयमा सत्तापक्षका प्रमख सचेतक तारा लामा तामाङ र नेपाली कांग्रेसका सांसद देवराज पाठकले पनि नया बर्षको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको थियो ।