कैलालीका एक दम्पतीसहित दुई वर्षीया छोरीको भारतमा निसासिएर मृत्यु

कैलालीका एक दम्पतीसहित दुई वर्षीया छोरीको भारतमा निसासिएर मृत्यु

कैलाली -  मजदुरीका लागि भारत पुगेका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको मेरठमा कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका तीनजनाको मृत्यु भएको गौरीगङ्गा नगरपालिका १ डबलबहादुर दियाकोटीले बताए ।

भारतको मेरठमा रोजगारी गर्दै आएका आएका भुलको परिवार कोठामा कोइला बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षिया छोरीको मृत्यु भएको वडा अध्यक्ष दियाकोटीले बताए । 

बन्द कोठामा कोइला बालेर सुतेका उनीहरुको निसासिएर मृत्यु भएको हो ।