डोटीको दिपायल सिलगढी नगरपालिकामा रहेको झोलुङ्गे पुल हेरेको पैसा लाग्ने भएको छ।
दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ५ दुधेश्वर तथा वडा नम्बर २ को कोटभैरव जोड्ने झोलुङ्गे पुलको अवलोकन शुल्क उठाउने प्रयोजनका लागि शिलबन्दीर दरभाउ पत्र आव्हान गरेको छ ।
नगरपालिकाले पुस १२ गते दोस्रो पटक निकालेको दरभाउ पत्रको सूचनामा झोलुङ्गे पुलको अवलोकन शुल्क लिन न्यूनतम मासिक ५ हजार ठेक्का अंक तोकिएको छ।