पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना  सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार जनाको नमुना परीक्षण गर्दा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा छ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २१ जनामा झरेको छ ।

यसैबीच गएको २४ घण्टामा ४६ हजार चार सय एक जनाले कोरोना भाइरसविरुद्धकोे खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।