सुन्दर रहन हामी बजारमा रहेका अनेकौँ कस्मेटिक सामग्रीको प्रयोग गर्छौँ । समयमा नै सावधानी नअपनाए सुन्दर अनुहार बिग्रिन पनि बेर लाग्दैन । अनुहारमा देखिने छालाको समस्या मध्ये कालो पोतो पछिल्लो समय अत्यधिक बढेको पाइन्छ । कालो पोतो माहिला वा पुरुष दुवैको अनुहारमा देखा पर्दछ । तर पछिल्लो समय महिलामा धेरै देखा परेको छ । यो हल्का वा गाढा पनि हुन्छ ।
आँखा वरिपरि या अनुहारमा कालो पोतो आउँदा सौन्दर्यलाई प्रत्यक्ष असर गर्दछ । कालो पोतो हटाउन दाबी गरिएका उत्पादनहरू मेडिकलमा गएर किनेर प्रयोग गर्ने चलन पनि पछिल्लो समय अत्यधिक बढेको छ । यसले गर्दा राम्रो हुनको साटो समस्या झन् बल्झिरहेको हुन्छ ।
के हो चाया–पोतो ?
सुन्दर र आकर्षक देखिने चाहना कसलाई नहोला र रु हामी सुन्दर रहन बजारमा पाइने अनेक थरी कस्मेटिक उत्पादनहरु प्रयोग गर्ने गर्छौं । तर थोरै मात्र सावधानी नअपनाए सुन्दर अनुहार कुरुप बन्न बेर लाग्दैन । अनुहारमा देखिने छालाको समस्यामध्ये कालोपोतो पनि एक हो ।
अनुहारमा आउने छायालाई चाया वा कालोपोतो भन्न सकिन्छ । यो हल्का वा गाढा पनि हुन्छ । डा। सञ्जुबाबु श्रेष्ठका अनुसार चाया–पोतोलाई मेलाज्मा भनिन्छ । पहिला यसलाई प्रेग्नेन्सी मार्कस् भनेर चिनिन्थ्यो । किनकि विशेष गरी गर्भवती भएको बेलामा चाया–पोतो आउँछ भनिन्थ्यो अनि महिलाहरुलाई मात्र आउँछ भन्ने आमबुझाइ पनि थियो ।
तर महिला र पुरुष दुवैमा यो समस्या देखिन सक्छ । यो समस्या हुनेहरुलाई गाला, निधार, माथिल्लो ओठ, नाकमा समेत हल्का खैरो–कालो रंगका धब्बाहरु देखा पर्दछ । यो २० वर्षभन्दा माथिको उमेरमा आउने समस्या हो । बेलैमा उपचार नगरे मुहार नै टाटेपाटे भई सौन्दर्यमा ह्रास आउँछ ।
धेरैजसो महिलामा देखिने चाया–पोतो दुवै गालाबाट शुरु भएर बटरफ्लाईको आकारमा वृद्धि हुँदै जान्छ । कहिलेकाहीँ यो नाक र आँखाको माथिल्लो भागमा समेत हुन्छ । आँखावरिपरि वा अनुहारमा कालोपोतो आउँदा सौन्दर्यलाई प्रत्यक्ष प्रभाव पार्छ । गोरो छालामा चाया–पोतो चाँडै नोटिस हुन्छ भने कालो छालामा त्यति देखिँदैन ।
किन आउँछ अनुहारमा चाया–पोतो ?
किशोरावस्थामा पुग्दा विशेष गरी केटीहरुलाई बढी नक्कल पार्न मन लाग्ने हुन्छ । सोझो अर्थमा भन्नुपर्दा राम्री हुन मन लाग्ने हुन्छ । अनि साथीहरुको लहै–लहैमा बजारमा पाइने विभिन्न सौन्दर्य प्रशाधनहरु लगाउनाले पछि त्यसले डण्डिफोर–दाग मात्र होइन, चाया–पोतोको जोखिम पनि बढाउने डा। सञ्जुबाबु श्रेष्ठ बताउँछन् ।
विज्ञापनमा विभिन्न कस्मेटिक उत्पादनको प्रयोग गरेर सुन्दर बनेको देखेपछि सोही गर्न खोज्ने चाहनाले पनि चाया–पोतोको समस्या आउन सक्छ । आफ्नो छाला कस्तो प्रकृतिको छ, त्यसमा ध्यान नराखी जे पायो त्यही प्रयोग गर्नाले छालामा नकारात्मक असर पर्छ ।
‘केमिकल प्रयोग गर्नु भनेको छालालाई बिगार्नु हो’, डा. सञ्जुबाबु भन्छन्– ‘आफ्नो छालाको हेरचाहमा सावधानी नपु¥याउँदा यस्तो समस्या भएका व्यक्तिहरु बढिरहेका छन् ।’ जानेर वा नजानेर विनासल्लाह सौन्दर्य प्रशाधनहरु प्रयोग गर्दा छालामा नकारात्मक परिवर्तन देखा पर्न सक्ने उहाँको भनाइ छ ।
छालामा हुने मेलामाइनको गडबडीले पनि यो समस्या हुन्छ ।
मेलामाइनले छालालाई प्राकृतिक रंग दिने काम गर्छ । यसमा गडबडी हुँदा छालाको प्राकृतिक रंगमा पनि गडबडी भई छाला नराम्रो देखिन्छ । डा. सञ्जुबाबु भन्छन्– ‘चाया–पोतो आउनुको मुख्य कारण सूर्यको किरण नै हो ।’ उनका अनुसार सूर्यको परावैजनी किरणले छालाको विभिन्न समस्या निम्त्याउन सक्छ । यसले छालालाई नकारात्मक असर पु¥याउँछ ।
घामको किरणले मात्र होइन बत्तीको प्रकाश, कम्प्युटर, मोबाइलको प्रकाशले पनि यो समस्या देखा पर्न सक्छ । अरुको देखासिकी गरी जथाभावी जानेर वा नजानेर विभिन्न कस्मेटिक उत्पादन प्रयोग गर्नाले पनि यो समस्या देखिएको छ ।
पेट, गर्भाशय, मूत्रनली, कलेजोको स्वास्थ्य समस्या भएमा र अलि लामो समय बिरामी भएमा पनि अनुहारमा कालोपोतो देखिन सक्छ । आयुर्वेद क्याम्पस, कीर्तिपुरका सह–प्राध्यापक डा. रामआधार यादवका अनुसार पित्त बढेर रगत दूषित भई अनुहारमा कालोपोतो देखिन्छ । रक्तअल्पता, प्रदूषण, हर्मोनल गडबडी, महिनावारी गडबडी, पेटको समस्या, कस्मेटिकको अत्यधिक उपयोग, खानपिनमा असन्तुलन आदिले चाया–पोतोको समस्या निम्तिने उनी बताउँछन् । अपर्याप्त निद्राले पनि यो समस्या देखिने गरेको पाइन्छ ।
त्यसै गरी तनाव लिने बानी, पानी कम पिउने, बढी घाममा रहने, चर्को बत्तीको प्रकाश छालामा परिरहने व्यक्तिमा यस्तो समस्या देखिने बताउँछन् डा. सञ्जुबाबु । उनका अनुसार जथाभावी सौन्दर्य प्रशाधनको प्रयोग, छालाको सरसफाइमा हेलचेक्र्याइँ, ब्लिच ह्वाइटनिङ क्रिमको बढी प्रयोग गर्नेहरुमा पनि कालोपोतो आउने सम्भावना अत्यधिक हुन्छ ।
हाल वातावरणीय प्रदूषणका कारणसमेत चाया–पोतोकोे समस्या देखिने गरेको हुँदा त्यसबाट बच्नुपर्ने डा. यादवको सुझाव छ । कब्जियतको समस्या भएका, कुपोषण भएका र विशेषतः चिल्लो छाला भएका व्यक्तिमा कालोपोतो बढी देखिने गरेको पाइएको छ । यस्तै पिल्स चक्की सेवन गर्ने र हर्मोनयुक्त अन्य औषधि सेवन गर्नेहरुमा हर्मोन गडबडी हुने हुँदा छालामा असर परी कालोपोतो आउने गरेको अनुभव डा. सञ्जुबाबु सुनाउँछन् । उनी भन्छन्– ‘त्यसैले उपचार गर्दा बिरामीको अनुहारमा के कारणले त्यस्तो भएको हो भनी पत्ता लगाएर मात्र उपचारको बाटो पहिल्याउनुपर्छ ।’ छालामा जटिल समस्या भएमा छालाको डाक्टरबाटै उचार गराउनुपर्ने उनी बताउँछन् ।
के छ त उपचार ?
कालोपोतो अर्थात् चायाको बेलैमा उपचार ग¥यो भने शतप्रतिशत निको हुन्छ । समस्या धेरै बल्झिएको छ भनेचाहिँ उपचार सफल हुन नसक्ने डा। सञ्जुबाबुको भनाइ छ । उनका अनुसार कतिपय चाया–पोतो उपचारले गएको छ तर सावधानी नअपनाउँदा फेरि बल्झिएको पनि छ । उपचारबाट पूर्णरुपमा निको हुने र फेरि आउँदै नआउने भन्ने धारणाचाहिँ गलत हो । यो समस्या हुनेहरुले केयर वा मेन्टेनेन्स नगरे त्यो फेरि आइछाड्छ ।
यसको उपचार विभिन्न पद्धतिले गर्न सकिन्छ । मुख्य कुरा भरपर्दो र विश्वसनीय हुनुप¥यो । यसको उपचार स्किन हस्पिटलका साथै अन्य हस्पिटल र क्लिनिकहरुमा पनि हुने गर्दछ । ब्युटिपार्लरमा पनि यसको उपचार हुने गरेको पाइन्छ । औषधिको प्रयोग, केमिकल पिलिङ र लेजर प्रविधिबाट पनि चाया–पोतोलाई हटाउन सकिने डा। सञ्जुबाबुको भनाइ छ ।
डा। रामआधार भन्नुहुन्छ– ‘एनिमियाका कारण चाया–पोतो आएको छ भने आइरनयुक्त खानामा जोड दिनुपर्छ । हार्मोनको गडबडी छ भने हर्मोनल सप्लिमेन्ट्स दिने गरिएको छ ।
फेसियल गर्नु प्रभावकारी उपाय
यदि ब्युटिपार्लरमा उपचार गराउने हो भने तालिमप्राप्त एवम् अनुभवी ब्युटिसियनद्वारा उपचार गराउनुपर्ने मेकओभर ब्युटिपार्लर, न्युरोडकी ब्युटिसियन सुनिता श्रेष्ठ बताउँछिन् । उनका अनुसार चाया–पोतो हटाउन फेसियल एकदमै प्रभावकारी हुन्छ । करिब ३ हप्ताको अन्तरालमा फेसियल गर्नुपर्छ । ८ देखि ९ पटकसम्म फेसियल गरेमा दाग पूरै निको हुने उनको दाबी छ ।