चिसोमा शीतलहर र हिमपातबाट कसरी सुरक्षित रहने ?

चिसोमा शीतलहर र हिमपातबाट कसरी सुरक्षित रहने ?

काठमाडौं । देशभर चिसो बढेको छ । अहिले देशका पहाडी तथा तराईका विभिन्न भू भागमा बाक्लो हुस्सु तथा कुहिरो लाग्ने गरेको छ । हुस्सु र कुहिरोका कारण नेपालमा विभिन्न स्थानहरुमा जनजीवन प्रभावित हुन थालेको छ । पछिल्लो केही दिन यता चिसो बढेसंगै जन जीवन कष्टकर बनेको छ ।

चिसामा शीतलहर र हिमपातबाट कसरी सुरक्षित रहने ?

केही समय यता बढ्दो चिसो सँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित पारेको छ । त्यसैले चिसोबाट बच्न यी उपायहरू अपनाऔँ ।

-शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाऔँ

-कोठा न्यानो पारौं र पर्याप्त हावा ओहोरो दोहरो हुने व्यवस्था गरौं

-बालबालिका, वृद्ध-वृद्धा, गर्भवती महिला तथा दीर्घ रोगीहरुलाई चिसोबाट बचाऔं

-आमाको दूध खाने बच्चाहरुलाई नियमित रुपमा स्तनपान गराऔं

-तातो तथा पोषिलो झोल पदार्थहरू प्रशस्त मात्रामा सेवन गरौँ,

-धूम्रपान तथा मद्यपान नगरौं

-स्वास्थ्य सम्बन्धी कुनै समस्या जस्तै ज्वरो आएमा, झाडा पखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यार घ्यार भएमा, श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौं।

-सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला विकेट आदि बाली झ्याल ढोका बन्द गरेर कहिल्यै नसुतौं । त्यसो गरेमा श्वास फेर्न नसकी निसासिएर मृत्यु समेत हुन सक्छ

-आगो बालेको ठाउँमा बच्चाहरुलाई एक्लै नछोडौं