स्कारपियोले ठक्कर दिँदा बैतडीमा एक महिला घाइते

स्कारपियोले ठक्कर दिँदा बैतडीमा एक महिला घाइते

स्कारपियोले ठक्कर दिँदा बैतडीमा एक महिला घाइते भएकी छिन्। 

दार्चुलाबाट धनगढी आइरहेको भे १ च २९५१ नम्बरको स्कारपियोले जिल्लाको दोगडाकेदार गाउँपालिका ५ की ६८ वर्षीया धुरी ठगुन्नालाई शुक्रबार दिउँसो १ः३० बजेतिर ठक्कर दिएको हो। ठगुन्नालाई दोगडाकेदार गाउँपालिका ५ दोलीमा बाटो काट्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

घाइते ठगुन्नाको देब्रे खुट्टा भाचिएको र टाउकोमा चोट लागेकाले उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ। स्कारपियो चालक दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँका २६ वर्षीय हरिसिंह कार्की र स्कारपियोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।