समाज र राष्ट्रको भलो चिताइ समाजलाइ सुन्दर वनाउनु छ भने शिक्षामा जोड दिउ: नगर प्रमुख खड्का

समाज र राष्ट्रको भलो चिताइ समाजलाइ सुन्दर वनाउनु छ भने शिक्षामा जोड दिउ: नगर प्रमुख खड्का

बिक्रम खड्का, डोटी: दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजी सिंह खड्का ‘विजय’ले हामि सवैको सुन्दर परिकल्पनाको संसार बिद्यार्थी भाइबहिनीहरु रहेको बताएका छन् ।

वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा सामुदायिक विकास केन्द्र सिडिसी डोटीबाट संचालित समाबेशि तथा गुस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ कलेनामा अवस्थित श्री तेडि माध्यमिक विद्यालयले आयोजना गरेको पढाइ मेला कार्यक्रम लाइ सम्वोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

हामिले समाज र राष्ट्रको भलो चिताइ समाजलाइ सुन्दर वनाउनु छ भने शिक्षामा जोड दिनु पर्छ र बालबालिका लाइ उत्कृष्ट शिक्षा प्रदान गर्नमा कम्जोरी गर्न नहुने उहाँले थप्नु भयो हामि संग भएका सामुदायिक बिधालयमा राम्रो शिक्षा हाँसिल गरेका शिक्षक शिक्षिकाहरु हुनुहुन्छ तपाइँ हरुले जागरुक नहुन्जेल शिक्षामा गुणस्तर आउदैन् आफु संग भयको सम्पुर्ण बिवेक प्रयोग गरेर सम्पुर्ण समाजका सवै समुदायका वालवालिका लाइ शिक्षा लिन प्रेरित गर्नु होस् पालिका तपाइ हरुका समस्या लाइ मध्येनजर गरेर समाधानका लगि कुनै कुरामा कमी हुन दिने छैन र बिधालयका भौतिक संरचना तथा अन्य आवस्यकता लाइ पुर्ति गर्न बिभिन्न कार्यक्रम बाट अगाडी बढ्ने समेत प्रमुख खड्काले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उक्त पाढाइ मेलामा आफ्नो शुभकामना मन्तब्य राख्दै यस्ता कार्यक्रमले बिद्यार्थीको शैक्षिक अवस्थालाई उकास्नका साथ–साथै अतिरिक्त क्रियाकलापमा पनि उत्प्रेरणा मिलौस भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको र यो कार्यक्रमलाइ बिद्यालयले आफ्नोपन दिएको हुदा यस्तै अरु कार्यक्रम लाइ समेत संचालन गर्न सजिलो भएको सामुदायिक विकास केन्द्र डोटी बाट संचालित समाबेशि तथा गुस्तरीय शिक्षा कार्यक्रम अन्तर्गतका फिल्ड अधिकृत सिद्धराज जोशिले जानकारी दिनुभयो । 

तेडी माध्यमिक बिद्यालय कलेनाका कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई आन्तरिक पढाईमा प्रतिस्पर्धा, वक्तित्वकला, शब्दजोडा, वादविवाद प्रतियोगिता, लगायत सांस्कृतिक क्रियाकलाप गरी प्रथम, द्धितिय, तृतीय लगायत सान्तोना पुरुस्कार स्वरुप शैक्षिक सामग्री वितरण गरियको बिद्यालयका प्रधानाध्यापक टेक बहादुर बिष्टले बताउनुभयो  ।

नगर प्रमुख खड्काको प्रमुख आतिथ्यमा संचालन भयको कार्यक्रमका सभाध्यक्ष बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर साउद, बिशिष्ट अतिथि दिपायल सिलगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद इकाइ शाखा प्रमुख लक्ष्मीराज ओझा, बिद्यालय व्याथापन समितिका पदाधिकारी, कलेना अस्थायी प्रहरि पोष्टका प्रमुख, शिक्षक, पत्रकार,विद्यार्थी, समाजसेवि लगायको उपस्थिति रहेको थियो ।