गद्य कविता : छोरी

गद्य कविता :  छोरी

हो छोरि हुँ,
हुन त धर्ति हुँ,
आमा हुँ ।।
कहिले घर बनाउन आफु भत्किए,
कहिले आफु बन्न आफै भत्किए
 त्यसैले त छोरी भएर भुल गरे ।।

गर्भ देखि
वृद्ध सम्म हेपिए, चेपिए र सकिए,
कहिल्यै जन्मेको घर लाइ आफ्नो घर भनिएन,
भन्न त आमाबुबाले भने मुटुको टुक्रा होस छोरि त तँ
तर मुटुको टुक्रालाइ सधैं टुक्रा टुक्रा पारेर राखे त्यसैले त छोरी भएर भुल गरे।।

जन्मिन त जन्मिए,
 बंश राख्न कहिले सकिन ।
प्रतिभा थियो, प्रस्फुटन गर्न कहिल्यै दिएन
पराइ हो चेलि भनि, पढ्न पर्छ कहिल्यै भनिएन ।।
उमेर हुदै गयो,पराइ घर जानै पर्छ भनियो,
आफ्नो जन्मेको घर र थरलाइ आफ्नो भनिएन,
अन्जान घर र थर जोडियो ।।
चेलिलाइ बुहारि,दिदिलाइ भाउजु भनियो,
जिन्दगी ओझेलमा पारियो त्यसैले त छोरी भएर भुल भयो।।

आफ्ना खुशी, इच्छा चाहना लाइ बन्धकि राखे
अरुलाइ खुशी पार्न प्रयास गरे 
अरुलाइ खुशि पार्ने, कहिल्यै सकिएन।।
रातभरि बिसन्चोले चिच्चाए, रोए, कराए ,छटपटिए
बिहान सबेरै उठेर बुहारि सम्जिएर चिया टक्राए 
बिडम्बना
बिहान देखि के गरिस भनियो 
र त पराइ घर भनियो त्यसैले त छोरी भएर भुल गरे।।

जादिन आमा पराइ घर भनु
कसरि भनु,
 छोरा अट्ने घरमा
छोरि कहिल्यै अटिनँ 
कबिता पाण्डे
ठेगाना : कृष्णपुर नगरपालिका ०९ राजघाट, कञ्चनपुर