कैलालीको स्याउलेमा माघ १५ गते देखी महायज्ञ लाग्ने

कैलालीको स्याउलेमा  माघ १५ गते देखी महायज्ञ लाग्ने

कैलालीको स्याउलेमा महायज्ञ लाग्ने भएको छ। जिल्लाको गोदावरी नगरपालीका वडा नम्बर ८ स्याउलेस्थीत विश्वनाथ महादेव मन्दिरमा सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको हो।

मन्दिरमा माघ १५ गतेदेखी सप्ताह ज्ञान महायज्ञ लाग्ने समैजी विश्वनाथ महादेव मन्दिर व्यवस्थापन समितिले जनाएको छ। 

मन्दिरको स्तरोन्ती, गौशाला निर्माण तथा धर्म सँस्कृती रक्षाको लागी महायज्ञ लगाउन थालीएको मन्दिर व्यवस्थापन समितिका संयोजक गोपाल देउवाले बताए।

पछील्लो समय दुध खाएर गाइलाई जंगलमा छोड्ने प्रवृती बढेका कारण पनी वडामा व्यवस्थीत गौशाला आवश्यक रहेको उनले बताए। महायज्ञ सञ्चालन तथा व्यवस्थापनका ला गि समितिहरु गठन गरिएका छन्।

महायज्ञमा प्रवचन अच्युत शरण महाराजले गर्नेछन्। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम बोगटीले २०७२ सालमा स्थानीयकै सहयोगमा सात लाख रुपैयामा मन्दिर स्थापना भएको बताए। महमयज्ञमा करिब पाँच लाख खर्च लाग्ने अनुमान गरिएको छ। महायज्ञ माघ २२ गते सम्पन्न हुनेछ। 

महायज्ञमा सुर्योदय सामुदायीक वन, स्याउले बजार व्यवस्थापन समिति, शिवशत्ति युवा क्लब, साइपाल युवा क्लबले पनि सहयोग गर्दैछन्।