भारतमा टिकटक बन्द

भारतमा टिकटक बन्द

भारतमा टिकटकमाथि प्रतिबन्ध लागेको छ । एप्पल र गुगलले भारतमा टिकटक प्रतिबन्ध गरेको हो । मद्रास उच्च अदालतले केही दिनअघि भारतमा टिकटक बन्द गराउन आदेश दिएको थियो ।

उच्च अदालतले टिकटकका कारण अश्लील सामग्री बढ्ने चिन्त व्यक्त गर्दै भारतमा प्रतिबन्ध लगाउन आदेश दिएको थियो ।

उच्च अदालतको आदेशको अनुसार टिकटक एपले प्रोनोग्राफीलाई बढावा दिएको र प्रयोगकर्तालाई यौन हिंस्रक बनाइरहेको छ ।भारतमा मात्रै टिकटकका लगभग ३ करोड प्रयोगकर्ता छन् ।

 टिकटक साना भिडियो क्लिप्सका कारण संसारभर लोकप्रिय बनिरहेको छ । सन् २०१८ को टिकटक सबैभन्दा लोकप्रिय एप हो । नेपालमा पनि यसको प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो छ ।