जयपृथ्वी नगरपालिका  सहित बझाङका ७ स्थानीय तहहरुमा बिधुतिय भुक्तानी प्रणाली लागू

जयपृथ्वी  नगरपालिका  सहित बझाङका ७ स्थानीय तहहरुमा बिधुतिय भुक्तानी प्रणाली लागू

बझाङ । जयपृथ्वी नगरपालिका  सहित बझाङका जिल्ला का  ७ स्थानीय तहहरुमा बिधुतिय भुक्तानी प्रणाली लागू गरिएको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यलय बझाङको सहजिकरण तथा सम्पूर्ण स्थानीय तहको आयोजनामा आयोजित बिधुतिय भुक्तानी प्रणाली सम्बन्धि  अन्तरक्रिया तथा अभिमुखिकरण कायक्रम बाट जिल्लामा रहेका ७ वटा पालिकाहरुमा विधुतिय प्रणाली मार्फत  भुक्तानी प्रणाली आज  बाट लागू गरिएको जयपृथिवी नगरपालिकाका  लेखापाल गोविन्द  बिष्टले बताए  । 

अहिले  जिल्ला को जयपृथ्वी नगरपालिका ,छविस पाथिभेरा गाउपालिका मष्टा गाउपालिका ,तल्कोट गाउपालिका,सुर्मा गाउपालिका,साइपाल  उपालिका,बिथ्थडचिर गाउपालिकामा बिधुतिय भुक्तानी प्रणाली  लागू भएको छ। 
 
स्थानीय तहमा यो बिधुतिय भुक्तानी प्रणाली  लागू भए पछि चेक काट्ने, लेखामा लाइन लाग्न पर्ने, बैंकमा जम्मा गर्ने लाइनमा लाग्न पर्ने  जस्ता झन्झट बाट मुक्त हुनका साथै सोझै सम्बन्धित सेवाग्राहीको खातामा जम्मा हुने हुदा स्थानिय तहमा काममा सरलता, प्रभावकारिता ,आर्थिक पार्दशिकता तथा सार्वजनिक सेवा प्रवाहमा चुस्तता हुनेमा विस्वास गरिएको छ । यो प्रणाली लागू भइसकेपछि आर्थिक सेवा लिने सेवाग्राहीहरु ले जुनसुकै बैंकमा भएपनि खाता चाहिँ अनिवार्य खोल्न पर्नेछ । यो प्रणालीले चेक रहित आर्थिक कारोवार संचालन हुने भएको छ ।