आजको मौसम : तराईमा हुस्सु, उच्च भेगमा हिमपातको सम्भावना

आजको मौसम : तराईमा हुस्सु, उच्च भेगमा हिमपातको सम्भावना

धनगढी । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहेको छ । तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका धेरै  भू-भागहरूमा  बाक्लो  हुस्सु र कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी  तथा सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।