विमान दुर्घटनामा परेका यात्रुहरूको आत्माको चिर शान्तिको कामना गर्दै धनगढी विमानस्थलमा दीप प्रज्वलन

विमान दुर्घटनामा परेका यात्रुहरूको आत्माको चिर शान्तिको कामना गर्दै धनगढी विमानस्थलमा दीप प्रज्वलन

धनगढी । विमान दुर्घटनामा परेका यात्रुहरूको आत्माको चिर शान्तिको कामना गर्दै धनगढी विमानस्थलमा दीप प्रज्वलन गरिएको छ । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका यात्रुहरूको आत्माको चिर शान्तिको कामना गर्दै नाट्टा सुदूरपश्चिम प्रदेशले दीप प्रज्वलन गरेको हो । 

यस क्रममा नाट्टा सुदूरपश्चिम प्रदेश समितिले शोकाकुल परिवारजनहरूमा धैर्य धारणको शक्ति मिलोस् भनी  प्रार्थना समेत गरिएको नाट्टा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदमविक्रम सिंहले बताए ।

आइतबार बिहान पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो । जसमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए । नागरिक उड्डयन प्राधिकरणले हालसम्म ६८ जनाको मात्र शव भेटिएको जानकारी दिएको छ । शव भेटिएकामध्ये ११ जनाको सनाखत भइसकेको छ ।

हालसम्म ६८ जनाको शव भेटिएको छ भने अन्यको अवस्था अज्ञात छ । उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोरको टोली परिचालन गरिएको हो ।