धनगढीमा व्यवसाय र मानवअधिकार राष्ट्रिय कार्य योजना प्रारम्भिक मस्यौदा माथि छलफल

धनगढीमा व्यवसाय र मानवअधिकार राष्ट्रिय कार्य योजना प्रारम्भिक मस्यौदा माथि छलफल

धनगढी । धनगढीमा व्यवसाय र मानवअधिकार राष्ट्रिय कार्य योजना प्रारम्भिक मस्यौदा माथि छलफल गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घ–सुदूरपश्चिम प्रदेशको आयोजना र युएनडिपी तथा जापान सरकारको सहकार्यमा व्यवसाय र मानवअधिकार राष्ट्रिय कार्य योजना प्रारम्भिक मस्यौदा माथि छलफल कार्यक्रम गरिएको हो । May be an image of ८ people, people standing and people sitting

धनगढीमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासङ्घ–सुदूरपश्चिम प्रदेशका जिल्ला÷नगर  उपाध्यक्ष राम बहादुर भण्डारीले गरेका थिए । भने स्वागत मन्तव्य नेपाल उद्योग वाणिज्य महासङ्घ–सुदूरपश्चिम प्रदेशका एशोशियट उपाध्यक्ष अनिल कुमार भुजनियाले राखेका थिए । 

May be an image of 1 person and indoor

यस्तै, विज्ञ सन्तोष सिग्देलले व्यवसाय र मानवअधिकार शीर्षकमा नेपालमा देखिएको विषयवस्तुको उठान गरेको कार्यक्रममा राष्ट्रिय कन्सल्टेन्ट रामचरित्र साहले प्रारम्भिक मसौदाको कार्यपत्र प्रस्तुत गरेका थिए । 

May be an image of ४ people and indoor
 
उक्त कार्यक्रममा श्रमिकको अधिकार, उपभोक्ता अधिकार, महिला तथा बालबालिका अधिकार, आप्रवासी कामदारसम्बन्धी अधिकार, लैङ्गिक समानता र अभिदेन को अधिकार विषयमा  समूहगत छलफलका गरिएको थियो । भने समूहगत छलफलका क्रममा उठेका विषय तथा प्रश्नहरू लाई उद्योग वाणिज्य महासङ्घ आएका विषय विज्ञ मोदनाथ ढकालले सम्बोधन गरेको नेपाल उद्योग वाणिज्य महासङ्घ–सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक ज्योती भट्टले बताए ।  

May be an image of १० people, table and indoor

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घकी केन्द्रीय सदस्य कल्पना गैरे, सुदूरपश्चिम प्रदेशका जिल्ला नगर उ.वा. सङ्घ, बस्तुगत सङ्घका अध्यक्ष एवं प्रतिनिधि, प्रदेश महासङ्घका पदाधिकारी एवं सदस्य, उद्योगी व्यवसायी, सञ्चारकर्मी  उद्योगी व्यवसायिहरुको सहभागिता रहेको थियो । 

May be an image of 1 person, standing and indoorत्यस्तै, कार्यक्रमको अवधिभर सहजीकरण नेपाल उद्योग वाणिज्य महासङ्घका निर्देशक सीता घिमिरे र नेपाल उद्योग वाणिज्य महासङ्घ–सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक ज्योती भट्टले गरेका थिए ।

May be an image of १० people, people standing, people sitting and indoor