राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सवको अवसरमा धनगढीमा रक्तदान

राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सवको अवसरमा धनगढीमा रक्तदान

राष्ट्रिय वाणिज्य बैंक, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन्। बुधवार प्रदेश कार्यालय धनगढीले बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको हो।

वार्षिकोत्सवको अवसरमा सर्वसाधारण, प्रहरी र बैंकका कर्मचारीले रक्तदान गरेको प्रदेश कार्यालयका उपप्रमुख भोजराज भट्टले बताए।

सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले हरेक वर्ष रक्तदान, शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न काम गर्दै आएको उपप्रमुख भट्टले बताए।