बालबालिकाहरूको बृहत्तर क्षमता विकासका लागि प्रशिक्षण तालिम सुरु

बालबालिकाहरूको बृहत्तर क्षमता विकासका लागि प्रशिक्षण तालिम सुरु

गणेश मौनी/डोटी  । बालबालिकाहरूको बृहत्तर क्षमता विकास गर्न सहजकर्ताहरूलाई चार दिने प्रशिक्षक प्रशिक्षण तालिम बिहीबार देखी दिपायलमा सुरु भएको छ । 

वर्ल्ड भिजन ईन्टरनेशन नेपाल र सामुदायिक विकास केन्द्र, डोटीको साझेदारीमा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत तालिमको आयोजना गरेको सामुदायिक विकास केन्द्र डोटीका परियोजना संयोजक दिनेश बमले बताए ।

उनले भने सहजकर्ताहरूलाई बालबालिकाहरूको बृहत्तर क्षमता विकास गर्ने क्रियाकलापहरूको बारेमा जानकारी गराई उनिहरुले परियोजना सञ्चालन भयका क्षेत्र भित्रका बालबालिकाहरूलाई विभिन्न विषय शिक्षा, स्वास्थ्य, सरसफाइ, जीवन उपयोगी सिप, बाल अधिकार तथा संरक्षण र विपद्को समयमा सुरक्षित रहने तरिकाहरूको बारेमा जानकारी कार्यक्रमको लक्ष्य रहेको बताए । 

तालिममा बालबालिकाको चौतर्फी विकास गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण सिपहरू, व्यक्तिगत सरसफाइ, आनीबानी परिवर्तन, बालबालिका माथि हुने विभिन्न प्रकारका हिंसा, बालबालिकालाई विभिन्न प्राकृतिक घटनाबाट बच्ने कृत्रिम अभ्यास लगायतका विषय बस्तुहरूको बारेमा छलफल गरिने समेत संयोजक बमले बताए । 

चार दिन सम्म सञ्चालन हुने तालिममा डोटी र बझाङ जिल्लाका २७ जना सहजकर्ताहरूको सहभागिता रहेको छ । तालिमको सहजीकरण वर्ल्ड भिजन ईन्टरनेशन नेपालका कृष्ण तिवारी, मनोज विष्ट र तुअंगतधोज चौधरिले गरिरहेका छन् । तालिम माघ ८ गते समापन हुनेछ ।