बैतडी । बैतडीमा एक युवकको मृत्यु भएको छ। बिहीवार दिउँसो झुलाघाटको बसपार्कमा अचेत अवस्थामा भेटिएका दशरथचन्द नगरपालिका ४ जर्कका अन्दाजी ३३ वर्षीय भरत चन्दको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला अस्पताल बैतडीमा चन्दको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले जानकारी दिए। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।