टीकपुरमा ४० करोडको लागानीमा प्लाष्टिक उद्योग संचालनमा

टीकपुरमा ४० करोडको लागानीमा प्लाष्टिक उद्योग संचालनमा

धनगढी । कैलालीमा ४० करोडको लागानीमा प्लास्टिक उद्योग संचालनमा आएको छ । जानकी गाउँपालिका – १ बेलासपुरमा ४० करोडको लागतमा टीकापुर प्लास्टिक उद्योग संचालनमा आएको हो ।

उद्योगमा प्लास्टिकका दुई एफएमदेखि ३६ एफएमसम्मका २१ प्रकारका प्लास्टिकका डोरी उत्पादन गरिने जनाइएको छ । उद्योग स्थानीय युवा नवराज भट्टराई र मुकेश बमले संयुक्त लगानीमा संचालनमा ल्याएका हुन ।

उद्योगले प्रतिघण्टा १५० किलोका दरले दैनिक साढे तीन टन डोरी र दैनिक तीन टन बोरा उत्पादन गरिरहेको संचालक भट्टराईले बताए ।

२४ सै घण्टा चल्ने उद्योगमा उत्पादनतर्फ १७ जना भारतीय र २३ जना नेपालीले रोजगारी पाएका छन । उत्पादित सामान नेपालभित्र नारायणघाट काठमाडौ विराटनगर र भारतको सिलगुडीसम्म पठाउने तयारी गरिएको छ ।