अब धनगढीमै इलेक्ट्रिक स्कुटर, ३ वर्षको नवीकरण शुल्क पनि कम्पनीले व्यहोर्ने

अब धनगढीमै इलेक्ट्रिक स्कुटर, ३ वर्षको नवीकरण शुल्क पनि कम्पनीले व्यहोर्ने

धनगढी । पछिल्लो ह्वात्तै अन्तराष्ट्रिय बजार लिएको इलेक्ट्रिक सवारी साधन नेपालमा पाइन थालेका छन् । सुदूरपश्चिम प्रदेशमा छिमेकी भारतबाट इलेक्ट्रिक सवारी साधन खरिद गरेर प्रयोग गर्ने प्रचलन बढिरहेका बेला प्रदेशको अस्थायी राजधानी धनगढीमै अबदेखि यी सवारीसाधन पाइने भएका छन् । धनगढी उपमहानगरपालिका–५ को तारानगरमा रहेको आरोग्य मोटर्स प्रालीले इलेक्ट्रिक स्कुटी बजारमा ल्याएको छ । मोटर्सले शहीदगेट क्याम्पस चोक सडक खण्डको तारानगरस्थित हिमशिखर सहकारीको भवनमा मुख्य सोरुम सञ्चालनमा ल्याएर इलेक्ट्रिक स्कुटरको बिक्रि थालेको छ ।

आरोग्य मोटर्सका प्रबन्धक रविन्द्र मगरले जापनिज प्रविधिबाट निर्मित युरोपियन स्ट्यान्डरमा बनेको स्कुटर पहिलो पटक धनगढीबाट बिक्रि थालिएको जानकारी दिए । उनकाअनुसार आरोग्य मोटर्सले देशका अन्य भागमा समेत बिक्रि वितरण गर्ने गरी धनगढीमा सोरुम सञ्चालनमा ल्याएको हो । सिंगल ब्याट्रीबाट एक पटकमा चार्ज गर्दा १५० देखि १८० किलोमिटर सम्म गुडाउन मिल्ने स्कुटरको प्रयोगले पेट्रोलियम पदार्थ खरिद, सर्भिस गर्नुपर्ने जस्ता खर्च कटौती गर्ने मगरको भनाई थियो । फाइनान्समा २ लाख ७० हजार र नगद तिरेर स्कुटर दुई लाख ५० हजारसम्मका खरिद गर्न सकिने सोरुमले जनाएको छ ।

आरोग्य मोटर्सका सञ्चालक यज्ञराज ढुंगानाले धनगढीमा एरोमा ईभीका तीन वटा मोडल देशका अन्य शहर र अनलाइन प्रणालीबाट खरिद गर्दा महंगो पर्ने तर आफ्नो सोरुमले कम्तीमा पनि ३० हजार रुपैयाँ सम्म कम लिएर बिक्रि गरिरहेको जनाए ।
उनकाअनुसार विशेष सुविधा अन्तरगत नवीकरण वाफत यातायात कार्यालयले लिने  ३  वर्षको शुल्क स्वयंम कम्पनीले नै व्यहोर्ने व्यवस्था गरेको छ । स्कुटर खरिद गरेपछि कुनै प्रकारको समस्या देखिएमा इलेक्टीकल इन्जियरको समेत व्यवस्था गरिएको ढुंगानाले बताए ।

धनगढीका लागी आधिकारिक बिक्रेता आरोग्य मोटर्सले नै १९० सि सिको अरोमा जेड मोटरसाइकल पनि बजारमा ल्याएको छ । उक्त मोटरसाइकलको मूल्य फाइनान्सको सुविधासहित ४ लाख ८० हजार तोकिएको सञ्चालक ढुंगानाले जानकारी दिए । प्रती लिटर ४२ किलोमिटरसम्मको माइलेज दिने जापनिज मोडलको मोटरसाइकल पहाडी क्षेत्र र लामो रुटमा यात्रा गर्न सहज हुने बताइएको छ ।