भूकम्पले बझाङमा घर भत्कियो

भूकम्पले बझाङमा घर भत्कियो

बझाङ । सुदूरपश्चिम प्रदेशको बाजुरामा केन्द्र विन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४४ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार ५.९ म्याग्निच्यूडको भूकम्प गएको हो भने उक्त भूकम्पको धक्का कर्णाली प्रदेशका जिल्लाहरूमा समेत महसुस गरिएको छ।

सदरमुकाम चैनपुरमा रहेको कृषि ज्ञानकेन्द्रको भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको छ । उक्त भवन र सदरमुकाम चैनपुरमा रहेको सन्तोष प्लाजाको छतमा बनाएको मन्दिर समेत भूकम्पले भत्काएको छ। अन्य क्षतिको विवरण भने हालसम्म नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।