युथ लिडरहरु संग लनिङ्ग एण्ड शेयरीङ्ग वर्कसप सम्पन्न

युथ लिडरहरु संग लनिङ्ग एण्ड शेयरीङ्ग वर्कसप सम्पन्न

कैलाली जिल्ला फुटवल संघ र मर्सिकोर नेपालको सहकार्यमा सञ्चालीत जिए (जेनेरेसन अमेजीङ्ग) कार्यक्रम अन्तरगत धनगढीमा नेतृत्वकर्ता युवा (युथ लिडर) हरु संग लनिङ्ग एण्ड शेयरीङ्ग वर्कसप सम्पन्न भएको छ।

खेलकुद संगै फुटवलको विकासका लागी लागी परीरहहेको कैलाली जिल्ला फुटवल संघले कार्यक्रम लागु भएको पकेट क्षेत्रका २० विद्यालयवाट युथ लिडर, कोच तथा खेलाडीहरुको सहभागीतामा कार्यक्रम गरेको हो।

फुटवलको माध्यमवाट भएका परिवर्तन र लिडरहरुले सिकेका कुराहरु एकआपसमा साटासाट गर्ने, समस्याहरु माथी छलफल गर्ने, र उनिहरुलाई खेलकुद संगै फुटवल प्रति कसरी आकर्षीत गराउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको मर्सिकोर जिए कार्यक्रमका अधिकृत राममणी चौधरीले बताउनुभयो।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका प्रदेस सभा सदस्य डिल्लीराज पन्तले लिडरहरुले सिकेका कुरा ब्यवहारमा उतार्न र गाउँगाउँमा पुगेर आफुजस्तै युवाहरुलाई सिकाउन आग्रह गर्नुभयो। आजका वालवालीका भोलीका कर्णदार हुने भएकाले उनिहरुको इच्छा आंकाक्षाको उच्च मुल्याङकन गर्दै खेलकुदको माध्यमवाट राम्रो जनशक्ति उत्पादन गर्न सकिने तर्फ जोड दिनुभयो।

खेलाडी तथा लिडरहरु आफैमा योग्य र क्षमतावान हुने भएकाले पनी समाज परिवर्तनमा ठुलो भुमीका खेल्न सक्ने वताउनुभयो। खेलाडी भएको समाज आफैमा अनुसासीत र लगनशिल हुने भएकाले पनी समाजमा नेतृत्व गर्न सक्ने जनशक्ति पैदा गर्न केलाली जिल्ला फुटवल संग र मर्सिकोरको जिए कार्यक्रमले गरेका काम प्रशंसनिय रहेको वताउनुभयो। खेलाडी तथा युवाहरुको ब्यक्तित्व विकासका लागी सरकारलाई युवामैत्रि कार्यक्रम ल्याउन आफुहरुले जोड दिएको समेत उहाँले वताउनुभयो।

त्यस्तै कार्यक्रमका सभापती कैलाली जिल्ला फुटवल संघका अध्यक्ष मोहीत कुमार शाहले गाउँस्तरबाट नै फुटवल खेलाडी उत्पादन गरेर राष्टको विकासका लागी सानो पहल थालेको वताउनुभयो। विशेष गरी मर्सिकोरको जिए कार्यक्रमले धेरै युवा तथा वालवालीकामा परिवर्तन ल्याउनुका साथै फुटवल प्रतिको चाहाना वढाएको वताउनुभयो।

फुटवलको माध्यमवाट युवा तथा वालवालीकालाई दुब्र्येवसनीवाट वचाउने, सक्षम खेलाडी वनाउने, स्थानीय स्तरमा नेतृत्व गर्नसक्ने वनाउने लगायत थुप्रै परिवर्तन भएको वताउनुभयो।

कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितीका सदस्य, ओम विक्रम चन्द, पहलमानपुर, सुखड, जुगेडा तथा फुलवारीका २० विद्यालयवाट २ सय जना युथ लिडहरुको सहभागीता रहेको थियो।