संसद् भवन अगाडी शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन

संसद् भवन अगाडी शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन

काठमाडौं - संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा. किरण नकर्मीले बताए ।

उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो । ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था हो । उनको बिहान ५ बजे निधन भएको हो । 

इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो ।

आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्। उनले केही समय आचार्यसँग कुरापनि गरेकी थिइन् ।डा. कार्कीले राज्य हामी हुँदा हुँदै किन यस्तो गर्नुभयो भन्दा आचार्यले कुरा कसैले सुन्दैन भन्दै दुःखेसो पोखेका थिए ।