स्मार्टफोनको लतबाट बालबालिकालाई जोगाउन के गर्ने ?

स्मार्टफोनको लतबाट बालबालिकालाई जोगाउन के गर्ने ?

आजभोलि बच्चाहरूमा स्मार्ट (मोबाइल) फोन चलाउने लत छ । यसले विभिन्न समस्या देखिने गरेको छ । पछिल्लो अध्ययनअनुसार १३ वर्षमुनिका बच्चा डिजिटल टेक्नोलोजीसँग धेरै नजिक छन् ।

जसले गर्दा उनीहरू आफ्ना क्रियाकलाप र स्क्रिनमा हेर्ने समयलाई सन्तुलन राख्न नसक्ने भएका छन् । फलस्वरूप उनीहरूमा घाँटी र आँखाको समस्या देखिने गरेको छ ।

मोबाइलको यस्तो लतले भविष्यमा दीर्घरोगीसमेत बनाउन सक्छ । यस्तो समस्याबाट वेलैमा छुटकारा पाउन केही साबधानी अपनाउन सकिन्छ । 

-खाना खाँदा, पढ्दा वा सुत्ने वेलामा ग्याजेटबाट टाढा राख्नुपर्छ ।

-बच्चाहरू घरमै बस्दा टिभी, कम्प्युटर र मोबाइलसँग नजिक हुने गर्छन् । यसको सट्टा सुरक्षित स्थानमा साथीहरूसँग खेल्ने वातावरण मिलाउन आवश्यक छ । 

-बालबालिकाका हरेक क्रियाकलापमा अभिभावकले सधैँ निगरानी राख्नुपर्छ ।

-भुलाउने नाममा जथाभावी भिडियो हेर्न दिनुहुँदैन । त्यसो गर्दा उनीहरूमा सधैँ त्यही दोहो(याएर हेर्ने बानी बस्न सक्छ ।

-अभिभावकले पनि सकेसम्म साना बच्चाको अगाडि ग्याजेटमा व्यस्त रहने गर्नुहुँदैन ।

-बच्चाहरू ग्याजेटप्रति छिटै आकर्षित हुने भएकाले लुकीछिपी चलाउन खोज्छन् । तसर्थ, अत्यावश्यक नै भए बच्चाको ध्यान एकोहोरो केन्द्रित नहुने गरी चलाउन सकिन्छ ।