माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं -  नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबार बस्दैछ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्नेछ।

बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संगठन पुनर्गठन लगायत विषयमा छलफल हुने बताइएको छ।