मोटरेबल पुल निर्माण हुने भएपछि स्थानीय खुसी

मोटरेबल पुल निर्माण हुने भएपछि स्थानीय खुसी

बाजुराको हिमाली गाउँपालिकाको वाँधु र स्वामीकार्तिक खापर गाउँपालिकाको वाई जोड्न चुलीघाटनजिक मोटरेवल पुल निमार्णका लागि माटो परीक्षणको काम सम्पन्न भएपछि स्थानीय खुसी भएका छन् ।

मोटरेबल पक्की पुल बनाउनका लागि सिभिलिजियो ल्याबअन्तर्गत बेरिङ क्यापासिटी परीक्षणको काम सम्पन्न भएपछि सो क्षेत्रमा पुल बन्नेमा आफूहरू आशावादी भएको स्थानीय कमल बुढाले बताएका छन् ।

सडक तथा पुल विभागले बेरिङ क्यापासिटी परीक्षणको जिम्मा युनी कन्सल्टेन्सीलाई दिएअनुरूप सो कन्सल्टेन्सीले परीक्षणको काम सकेको हो । जिल्लाकै दुर्गम मानिने कर्णाली नदी पारिको गाउँपालिकाका रूपमा चिनिने स्वामीकार्तिक गाउँपालिकालाई कर्णाली कोरिडोरसँग जोड्नका लागि वाँधु र वाईको चुलीघाटमा पक्की पुलका लागि सो बेरिङ क्यापासिटी टेस्ट गरिएको हो ।

त्यहाँ पुल बनाउँदा त्यसले थेग्न सक्ने भारको अवस्थाको जाँच सो टेस्टबाट थाहा हुने भएकाले सो काम गरिएको र यहाँको भार थेग्न सक्ने क्षमता राम्रो रहेको सो टोलीका प्रमुख हरेराम महतोले बताएका छन । यसअघि सर्वेक्षण भइसकेकाले अबको यो बेरिङ क्यापासिटी टेस्टपछि डिजाइन इस्टमेट र डीपीआरको काम सुरु हुने उनले बताए ।

विगत लामो समयदेखि दुर्गम गाउँका रूपमा विभिन्न दुःख खेपेको सो क्षेत्रको समृद्धिको आधारका रूपमा उक्त पक्की पुललाई लिएकाले अहिलेको यो कामले स्थानीयवासी निकै हर्षित भएको स्थानीय धर्मसिह धामीले बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजना कर्णाली कोरिडोरको काम तीव्र गतिमा भई कर्णाली कोरिडोरको बाजुरा सडक खण्डमा यातायातसमेत सञ्चालनमा रहेकाले कर्णाली पारिको गाउँपालिकालाई जोड्ने एक मात्र मार्गका रूपमा सो पुल महŒवपूर्ण भएकाले सो कामलाई अघि बढाउन पहल गरिएको नेपाली कांग्रेसका नेता जनकराज गिरीले बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजना कर्णाली कोरिडोरले मुख्य तया भारत र चीनसँगको व्यापारलाई महŒव दिएकाले त्यो पुल सो क्षेत्रको एक रणनीतिक महŒवको र भोलिका दिनमा सुख्खा बन्दरगाहको सम्भावनाका रूपमा पनि रहेको नेता गिरीले बताएका हुन् ।

नेपाल सरकारले आर्थिक वर्ष २०७२÷७३ को बजेटमा रातो बुकमा राखेर त्यसको सर्वे डिजाइन र निमार्ण गर्ने उल्लेख गरेको थियो । समयमै सडक बाटो नखुलेकाले मेसिन ल्याउन समस्या भई हाल मात्र सो काम भएको बताइएको छ ।