आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

धनगढी । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ।

हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसोː प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीː प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।