टन्सिलको समस्या सामान्य होइन, बिगार्न सक्छ मुटुको भल्व

टन्सिलको समस्या सामान्य होइन, बिगार्न सक्छ मुटुको भल्व

काठमाडौँः मौसम परिवतनसँगै विभिन्न किसिमका संक्रमणले आक्रमण गर्ने गर्छ । संक्रमणका कारण शरीरमा दैनिक समस्या आउछ । जसले शरीरमा समस्या उत्पन्न भई दैनिक कार्य संचालनमा समेत बाधा निम्त्याउँछ ।

टन्सिलाइटिस पनि एक प्रकारको संक्रमण हो । जुन हाम्रो घाँटीमा हुने गर्दछ । प्राय गरी टन्सिलाइटिस विभिन्न किसिमका किटाणु तथा जीवाणुहरुको संक्रमणले हुने ग्राण्डी अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञ डा. आन्नद घिमिरे बताउँछन् ।

टन्सिलाइटिस भएपछि घाँटी सुन्निने र दुख्ने गर्छ । यसले गर्दा खान पिउन गाह्रो हुन्छ र बोल्न पनि सहज हुँदैन । यसको जटिल पक्ष भनेको धेरै पटक सम्म टन्सिलाइटिस भयो भने मुटुको भल्व नै बिग्रने सम्भावना बढेर जाने भएकोले समयमै उपचार गर्न र सावधानी अपाउन डाक्टर घिमिरेको सुझाव छ ।

टन्सिलले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ । टन्सिलबाट लिम्फोसाइट र मोनोसाइट नामक दुई कोषको निर्माण हुन्छ जुन हाम्रो रोग प्रतिरोधात्मक क्षमताको महत्वपूर्ण अंश हो ।

यसका साथै टन्सिलले म्याक्रोकाज नामको कोष पनि निर्माण गर्दछ । यो कोषले शरीरभित्र प्रवेश गरेका जीवाणुलाई नष्ट गरेर हामीलाई रोग लाग्नबाट बचाउँछ । कान दुख्ने, टाउको दुख्ने, सम्पूर्ण शरीर गलेको र दुखेको अनुभव हुनु, कब्जियत र पेट दुख्ने समस्या पनि तीव्र टन्सिलाइटिसमा देखा पर्न सक्छन् ।

मुखभित्र हेर्दा टन्सिलहरु सुन्निएका र रातो हुन्छ । कहिलेकाहीँ यी दुई टन्सिल बढेर झण्डै एक अर्कासँग जोडिन पुग्छ । जिर्ण तथा गम्भीर टन्सिललाइटिसमा समय समयमा घाँटी दुखिरहने, घाँटीमा केही अड्केको जस्तो अनुभव भइरहने, मुख मीठो नहुँने र स्वास गन्हाउने जस्ता लक्षण देखिन सक्छन् ।

लक्षणहरु


टन्सिलको उपचार कसरी गर्ने ?


रोकथाम तथा घरेलु उपचार


www.deshsanchar.com बाट साभार