'पठान'को ३ दिनको कमाइ : ३ सय करोडभन्दा बढी

'पठान'को ३ दिनको कमाइ : ३ सय करोडभन्दा बढी

शाहरुख खान, दीपिका पादुकोणअभिनित चलचित्र पठान ले ३ दिनमा विश्वभरबाट ३ सय करोड भारतीय रुपैयाँभन्दा बढी कमाएको छ ।

यशराज फिल्म्सका अनुसार हिन्दी भर्सनले रिलिजको तेस्रो दिन ३८ करोड भारतीय रुपैयाँ कमाएको छ । अन्य भाषाबाट १ करोड २५ लाख कमाइ भएको फिल्म्सले जनाएको छ ।

जनवरी २५ मा पठान हिन्दीका साथै तमिल र तेलुगू भाषामा रिलिज भएको थियो । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार पठानले विश्वभरबाट पहिलो दिन १०६ करोड र दोस्रो दिन ११३ करोड रुपैयाँ कमाएको छ । तीन दिनमा चलचित्रले घरेलु बजारमा २०१ करोड र भारतबाहिर ११२ करोड कमाएको छ । अहिलेसम्म चलचित्रले ३१३ करोड भारतीय रुपैयाँ कमाएको बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् ।