गणेश मौनी, डोटी: नेपाल जेसिज डोटी शाखाको बर्ष २०२३ को अध्यक्षमा हिक्मत बहादुर साउद चयन भएका छन् ।
आईतबार दिपायलमा भएको दशौं जिल्ला शाखा अधिबेशन तथा पद हस्तान्तरण कार्यक्रमबाट अध्यक्षमा साउद लगाएत अन्य पदाधीकारीहरुमा पनि सर्बसम्मत रुपमा चयन भएका छन् ।
अन्य पदाधीकारी कार्यकारी उपाध्यक्षमा डिल्लीराज जोशी र हरी भण्डारी, महा सचिबमा किरण बिष्ट, कोषाध्यक्षमा रोशन कठायत, उपाध्यक्षमा नन्दन सिह कार्कि, केशब धामी, भरत कठायत चयन भएका छन भने कानुनी सल्लाहाकारमा प्रबिण उपाध्याय चयन भएको नेपाल जेसिज डोटी शाखाले जानकारी दिएको छ ।
नेपाल जेसिज डोटी शाखा वर्ष २०१३ स्थापना भएको थियो । पदाधीकारीको कार्यकाल एक बर्षको रहने गर्दछ ।