धनगढी उपमहानगर सँग जोडिएका नाकामा रहेका काठे पुल भत्काउँदै सबै खुला नाका बन्द गरिने

धनगढी उपमहानगर सँग जोडिएका नाकामा रहेका काठे पुल भत्काउँदै सबै खुला नाका बन्द गरिने

धनगढी ।  खुला नाकाका कारण असुरक्षा बढेको भन्दै धनगढी उप-महानगरपालिका सँग जोडिएका नाका बन्द गरिने भएको छ। खुला नाका भएर अवैध चोरी पैठारी, तस्करी र आपराधिक गतिविधि बढ्न थालेकाले शनिवार धनगढी उप-महानगरपालिकामा स्थानीय तह र सुरक्षा निकायबिचको छलफलपछि यस्तो निर्णय गरिएको हो ।

स्थानीय तह, सुरक्षा अधिकारी र स्थानीयसँगको गहन छलफलपछि आवतजावत शून्य गर्ने गरी फूलबारी क्षेत्र वडा नम्बर १४,१८,१९ सँग जोडिएका खुला सिमानाका बन्द गर्ने निर्णय गरेको धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले बताए  ।  

हमालका अनुसार खुला सिमानाकामा आवतजावत सहजताका लागि निर्माण गरिएका आकस्मिक पुलहरू पनि तत्काल भत्काउने निर्णय गरिएको छ ।