थप ३ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित २०

थप ३ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित २०

 थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट ११५६ नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३८६ र एन्टिजेनबाट ७७० परीक्षण गर्दा तीन नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा एक जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २० पुगेको छ।