आज मौसम कस्तो रहनेछ ? यस्तो छ पूर्वानुमान

आज मौसम कस्तो रहनेछ ? यस्तो छ पूर्वानुमान

धनगढी । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।
दिउँसो  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि सामान्यतया  मौसम सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको र देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै  तराईका केही स्थानहरूमा बिहानीपख लाग्ने  हुस्सुरकुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।