प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीबीच भेटवार्ता भएको छ।

दुवैबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भेटवार्ता भएको हो। प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री कार्यबीच प्रदेश १ मा सरकार विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।


प्रधानमन्त्री दाहालले मुख्यमन्त्री कार्कीलाई बधाई र शुभकामना दिएका छन्। नेकपा एमालेबाट निर्वाचित कार्कीले प्रदेशसभामा पुस २९ गते विश्वासको मतसमेत पाइसकेका छन्।