पाँच बर्षमा सुदूरपश्चिमले एउटा पनि केन्द्रीय योजना पाउन सकेन : बलायर

पाँच बर्षमा सुदूरपश्चिमले एउटा पनि केन्द्रीय योजना पाउन सकेन :   बलायर

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको भोकाधिकारसमेत नदिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । 

बुधवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्रीसमेत रहेका सांसद बलायरले जङ्गलमा तय गरिएको सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको पूर्वाधार निर्माणका लागि डीपीआरसमेत किन तयार नगरेको भनी सङ्घीय सरकारलाई प्रश्न समेत गरे । उनले सङ्घीय सरकारले विगत पाँच वर्षमा सुदूरपश्चिममा एउटा केन्द्रीय योजना पनि नपारेको उल्लेख गर्दै आपत्ति जनाए । 

सांसद बलायरले अर्बौँ रुपैयाँ लगानी गरेर बनाइएको गेटा मेडिकल कलेज  सञ्चालनका लागि ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिए ।