कैलालीको चुरेमा निःशुल्क शिविर हुने

कैलालीको चुरेमा निःशुल्क शिविर हुने

धनगढी । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुरमा आउँदो शनिवार २१ गते  एक दिने निःशुल्क शिविर हुने भएको छ । बसर युवा क्लबको आयोजना उक्त शिविर सञ्चालन हुने भएको हो ।  

उक्त शिविर बसर युवा क्लबको आयोजना, नोभा हस्पिटल, गेटा आँखा अस्पताल, चुरे गाउँपालिका, बास नेपाल, गुराँस एकेडेमी अत्तरिया कैलाली र दारी ग्याङ कैलाली शाखाको सहकार्यमा गरिने क्लबका अध्यक्ष गणेश देउवाले जानकारी दिए ।

उक्त शिविरमा पाठे घरको समस्या तथा आङ खस्ने समस्या,महिनावारीमा गडबडी, स्तनमा गाँठागुठि र निसन्तान तथा बाँझोपन सम्बन्धी लगायतका महिलाहरूमा देखिने समस्याको उपचार गरिने छ भने हातखुट्टा झमझमाउने, दुख्ने र आँखाको चेक जाँच गरिने साथै नि शुल्क मोतिबिन्दुको अप्रेसन साथै  प्रयोगशाला सुगर पनि निशुल्क चेकजाँच गरीने छ ।

No description available.