अपराधी थारूलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन चाहिदैन : अध्यक्ष रञ्जीता

अपराधी थारूलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन चाहिदैन : अध्यक्ष रञ्जीता

कैलाली /  आफ्नो पार्टीका सांसद पक्राउ परेपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कडा प्रतिक्रिया दिएकी छिन्।

सांसदसमेत रहेकी श्रेष्ठले सरकारलाई समर्थन नचाहिने रहेछ भन्दै सरकारप्रति आक्रोश पोखेकी छिन्। ‘अपराधी थारूलाई मात्र देख्ने सरकारलाई। हाम्रो समर्थन तिमीलाई चाहिँदैन  रहेछ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्। 

प्रतिनिधि सभा सदस्यका सांसद अरुणकुमार चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले बाँकेको कोहलपुरबाट बिहीबार पक्राउ गरेको थियो।

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी सार्वजनिक सम्पति (ट्र्याक्टर) आगाजनीको मुद्दामा दोषी ठहर भइ जेल सजाय नभोगेका ‘फरार अभियुक्त’ रहेको खुलेको थियो।

 

 

No description available.