कैलालीको घोडाघोडी क्षेत्रमा विश्व सिमसार दिवस मनाइयो

कैलालीको घोडाघोडी क्षेत्रमा विश्व सिमसार दिवस मनाइयो

सुखड । कैलालीको घोडाघोडी ताल क्षेत्रमा विश्व सिमसार दिवस मनाइएको छ । आजको आवश्यकता : सिमसारको पुनर्स्थापना भन्ने नाराका साथ विश्व सिमसार दिवस मनाइएको हो ।

डिभिजन वन कार्यालय पहलमानपुरको समन्वयमा घोडाघोडी संरक्षण तथा जन जागरण मञ्चको आयोजनामा कार्यक्रम भएको थियो ।  कार्यक्रममा सहभागी वक्ताहरूले सिमसार क्षेत्र जोखिममा पर्दै गइरहेको भन्दै संरक्षणमा जुट्न पर्ने बताएका थिए । घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले पछिल्लो समय सिमसार क्षेत्र जोखिममा गर्दे गएको प्रति चिन्ता व्यक्त गरे । वन क्षेत्रको संरक्षण नहुँदा सिमसार क्षेत्रहरू पुरिँदै गएकोले वन संरक्षणमा जुट्न पनि आग्रह गरेका छन् । सिमसार संरक्षण राज्यको मात्र जिम्मेवारी नभएको र यसमा सबै लाग्नु पर्ने उनको धारणा रहेको थियो ।

बसन्ता, घोडाघोडी र कर्णाली कोरिडोरमा रहेका ताल तथा सिमसारहरू नास हुँदै गइरहेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए । सिमसार क्षेत्रको संरक्षण आजको आवश्यकता रहेको र नदी कटान, बाढी र डुबानले सिमसार क्षेत्र पुरिँदै गएको उनले बताए । सिमसार क्षेत्र र यसको उपल्लो क्षेत्रमा प्रयोग गरिने विभिन्न रासायनिक पदार्थ तथा विषादीहरूको प्रयोगबाट त्यहाँ रहेका विभिन्न वनस्पति र जीवजन्तुलाई नराम्रो असर पु¥याएको उनले धारणा रहेको थियो ।

जलवायु परिवर्तनका कारण तापक्रममा भएको वृद्धि र वर्षामा भएको परिवर्तनले पनि सिमसार क्षेत्र निकै प्रभावित भएको सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष शिवप्रसाद ढकालले बताए । बाढी/पहिरोले गर्दा ढुङ्गा–माटो, आदि पदार्थ थुप्रन गई सिमसार क्षेत्रहरू पुरिँदै गएको र उक्त क्षेत्रहरू क्षयीकरण हुँदै गएको उनले बताए । सिमसार क्षेत्र नष्ट हुँदा जैविक विविधतामा पनि खतरामा पर्ने उनले धारण थियो ।

पक्षी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले सिमसार क्षेत्र र यसको वरिपरि भएका यस्ता प्राकृतिक तथा मानवीय गतिविधिहरूका कारण सिमसार क्षेत्रमा रहेको जलीय जैविक विविधता र परिस्थितिकी प्रणालीको शृङ्खलामा नकारात्मक असर देखिन थालिएको उनले बताए । यसबाट त्यहाँको स्रोतमा निर्भर स्थानीय समुदायको जीविकोपार्जनमा समेत नकारात्मक प्रभाव परेको उनको भनाई थियो । 

सिमसार क्षेत्र नष्ट हुँदै गइरहेको भन्दै सरोकारवाला निकायले यसमा ध्यान दिनु पर्ने सहभागी वक्ताहरूको भनाई थियो । जैविक विविधताको रहनुमा सिमरामको महत्त्वपूर्ण भएकोले सिमसार क्षेत्रको संरक्षण गर्दै त्यस लाई आयआर्जन सँग जोड्न सक्नुपर्ने सहभागीहरूको धारणा रहेको थियो । 

अहिले यो महासम्धीमा ६०० बढी देशहरू सामेल भएका छन् । औपचारिक रूपमा नेपाल सन् १९८७ मा यस महासन्धिको सदस्य भएको हो भने सन् १९९१ देखि नेपालले यो दिवस मनाउन थालिएको हो । नेपालमा रहेका ५ हजार ३ सय ५८ वटा ताललाई सिमसारका रूपमा राखेर संरक्षण गर्ने अभियान समेत सञ्चालन गरिएको छ । नेपालमा २ हजार ३ सय २३ हिमताल, ५ हजार जलाधार, १ हजार ३ सय ८० पोखरी र ५ हजार १ सय ८३ जटा तलैया रहेका छन् । ठूलाठूला प्रकोप बाट बचाउन सिमसार क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइएको छ । पछिल्लो समयमा मानिसहरू सहज आवासको खोजी गर्दै भू अतिक्रमण बढ्दै गएकाले सिमसार क्षेत्रको जोखिम बढिरहेको छ ।