भरुवा बन्दुकसहित कैलालीमा एक जना पक्राउ

भरुवा बन्दुकसहित कैलालीमा एक जना पक्राउ

धनगढीः भरुवा बन्दुकसहित कैलालीमा एक जना पक्राउ परेका छन्।

जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ स्थित पनेरुवा शिविरका ४८ वर्षीय जबर रोकामगर भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय, मालाखेतीबाट गएको प्रहरी समूहले उनको साथबाट भरुवा बन्दुक फेला पारेको हो।